Skip This
प्रधानमन्त्री ओलीसँग सात साउनमा सदनमा प्रश्नोत्तर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
कमलराज भट्ट काठमाडौं
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीसँग सात साउनमा सदनमा प्रश्नोत्तर

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

प्रधानमन्त्री केपी ओलीसँग सात साउनमा प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।

प्रतिनिधिसभा नियमावली परिच्छेद ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ। ३० साउनमा प्रधानमन्त्री नियुक्त भएका ओलीसँग सात साउनमा प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तरबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि चार साउन शुक्रबार दुई बजेसम्मको समय छ। 

नियमावलीअनुसार समूह ६ मा रहेका सदस्यहरूले संसद् सचिवालयमार्फत प्रधानमन्त्रीलाई प्रश्न बुझाउन सक्नेछन्। प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनेछन्। 

प्रतिनिधिसभाको अर्को बैठक ६ साउन दिउँसो १ बजे बस्नेछ।