१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format २१:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारद्वय दीपा र मातृकालाई ‘टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता’ पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५४:oo

हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘भ्रष्टाचारविरुद्ध’को ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय भएको छ।

देशका चर्चित प्रकरणहरूमा निष्पक्ष तवरमा निडर भएर समाचार सम्प्रेषण  गरेको आधारमा उनीहरूलाई  संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

पत्रकार मात्रिका दाहाल कान्तिपुर दैनिक र दीपा दाहाल उकालो डटकममा आबद्ध छन्। निकट भविष्यमा काठमाडौंमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।