१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरेको दोहन सरकारले टुलुटुलु हेर्न मिल्दैन : कांग्रेस सांसद पौडेल

‘चुरे संरक्षणका लागि सप्तरीबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका अभियन्ता २० दिनदेखि माइतीरमा छन्, सरकारले भेट्नसमेत आवश्यक ठानेन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

कांग्रेस सांसद प्रदीप पौडेलले चुरेको विनाश टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौडेलले देशको ५१ प्रतिशत जनसंख्या बसोवास गर्ने क्षेत्रको शिरको रूपमा रहेको चुरे संरक्षणमा सरकारले बेवास्ता गरिरहेको बताए।

उनले चुरे संरक्षणको अभियान लिएर ५७ दिनअघि सप्तरीको भारदहबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका २० जना अभियन्ता माइतीघरमा सरकारलाई पर्खिरहेको, तर सरकारले भेट्नसमेत उचित नठानेको भन्दै आलोचना गरे।

नौ वर्षअघि गठन गरिएको चुरे संरक्षण समितिले यस अवधिमा करिब १५ अर्ब रुपैयाँ खर्च गरेको,तर प्रभावकारी संरक्षण नदेखिएको उनको भनाइ थियो।

सरकारको द्वैधनीतिले चुरेको संरक्षण हुन नसक्ने भन्दै उनले चुरेको संरक्षण गर्न सरकारले इलामदेखि कञ्चनपुरसम्ममा करोडौँ  बिरुवा रोप्ने अभियान चलाउनुपर्ने र त्यसमा सबै राजनीतिक दलका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए।

दोहनको कारण चुरे विनाश भएको भनेर प्रधानमन्त्रीले नै सदनमा उल्लेख गरेको चर्चा गर्दै सांसद पौडेलले चुरेमा भइरहेको दोहन सरकारले टुलुटुलु हेरर बस्न नमिल्ने जिकिर गरे।

‘भुइँमान्छेले यो गम्भीर विषय उठाएको छ, तर सिंहदरबारमा बसेको सरकारले त्यसलाई बेवास्ता गरेको छ,’ सांसद पौडेलले भने, ‘माइतीघरमा बसेर चुरे संरक्षणका निम्ति लडिरहेकाहरूको आवाज सरकारले सुनोस्।’ 

अबको पाँच–सात वर्षपछि तराईमा सुक्खा हुने र तापक्रम अत्यन्त बढेर जाने भन्दै त्यसअघि नै सरकारलाई चुरे संरक्षणको प्रभावकारी काम गर्न आग्रह गरे।