१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
रासस काठमाडौं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकता’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए।

मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए। 

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यसमा आलोचना गरौँ, तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन, समस्यालाई सच्याएर अगाडि बढौँ।’

उपप्रधानमन्त्री श्रेष्ठले जनताको संघर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे। मुलुकमा वैचारिक र सांस्कृतिक रूपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उनले समाजका सबै पक्षभित्र रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।