मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
गाजापट्टीमा इजरायली हवाई हमलापछि उठेको धुवाँ । फाइल तस्बिर : राेयटर्स
रासस जेनेभा
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलमा हतियार नपठाउन संयुक्त राष्ट्रसंघका विज्ञको आग्रह

Read Time : < 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

संयुक्त राष्ट्रसंघका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका छन्।

हातहतियारको निर्वाध स्थानान्तरणले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भई मानवीय नरसंहारलगायत अन्तर्राष्ट्रिय अपराधमा राज्यको संलग्नताको जोखिम हुन सक्ने उनीहरूले बताएका छन्।

हतियार बेच्ने लाइसेन्स भएका बिएई प्रणाली, बोइङ, क्याटरपिलर, जनरल डायनामिक्स र लकहिड मार्टिनजस्ता कम्पनीलाई संकेत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्यसमूहले संयुक्त वक्तव्य जारी गर्दै विश्व समुदाय तथा हतियार निर्मातालाई इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरे।

कम्पनीहरूले इजरायली सेनालाई हतियार, पार्टपुर्जा र गोलाबारुद पठाएर अन्तर्राष्ट्रिय मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन्।

जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधुन्ध आक्रमणको विशेषता भएको विज्ञहरूले उल्लेख गरेका छन्। उनीहरूका अनुसार इजरायलमाथि हतियार प्रतिबन्ध र लगानीकर्ताले निर्णायक कदम चाल्नुपर्ने आवश्यकता पहिलेभन्दा बढी जरुरी छ।