१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला प्रहरी जवान मृत्यु प्रकरण : जुम्लाबाट एक पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालय परिसरमा रहेको भवनको दोस्रो तलास्थित शौचालयमा मृत भेटिएकी महिला प्रहरी जवानको मृत्यु प्रकरणमा प्रहरीले जुम्लाबाट एकजनालाई पक्राउ गरेको छ।

सिराहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले करिब नौ महिनादेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ वर्षीया करिष्मा सुनारको मृत्यु प्रकरणमा शंकास्पद देखिएका जुम्लामा कार्यरत प्रहरी जवान करिब २७ वर्षीय पुष्कर थापालाई घटना भएकै दिन पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार थापालाई सिराहा ल्याएर आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको छ। थापाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा सिराहा जिल्ला अदालतबाट १ असारदेखि लागू हुने गरी थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रहरी निरीक्षक द्विवेदीका अनुसार बाँकेको खजुरा गाउँपालिका– ४ स्थायी घर भएकी सुनार सिराहाको पश्चिमवर्ती कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहे पनि महिला प्रहरी नबस्ने भएकाले मिर्चैयामा केही समय रही जिल्ला प्रहरीमा कार्यरत थिइन्।

गत ३१ जेठको अपराह्न करिब ४ बजेतिर सुनार कार्यरत महिला, बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

मानव अधिकार आयोगले पनि अनुसन्धान गर्दै 
सुनारको मत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले समेत छुट्टै अनुसन्धान गरिरहेको छ। प्रहरी कार्यालय परिसरको शौचालयमा भएको महिला प्रहरीको मृत्युको घटना विषयमा मानव अधिकार ऐनको दफा ५ बमोजिम गम्भीर ध्यानाकर्षण भएकाले अनुसन्धान गरिरहेको आयोगकी मधेश प्रदेश प्रमुख मञ्जु खतिवडाले जानकारी दिइन्।

उनका अनुसार आयोगले सरोकारवाला पक्षहरूसँग सोधपुछसहित स्थलगत अनुगमन सम्पन्न गरिएको छ। ‘सरोकारवाला पक्षसँगको सोधपुछ, स्थलगत अनुगमनसहित घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरी यथाशक्य छिटो अनुसन्धान प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाइनेछ,’ उनले भनिन्।