Skip This
ललितपुर महानगरका सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरका सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा आगामी वर्ष ०८१/८२ देखि प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने भएको छ।

बुधबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर महर्जनले प्रअ छनोट नयाँ ढंगबाट गरिने बताए।

‘महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा सम्बन्धित तहका योग्यतम् शिक्षकहरूमध्येबाट प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति गरिनेछ,’ उनले भने, ‘यो कार्यक्रमलाई आगामी वर्ष पूर्णता दिन्छौँ।’

यसअघि काठमाडौं महानगरपालिकाले पनि प्रतिस्पर्धाका आधारमा प्रअ छनोट कार्यक्रम अघि सारे पनि अदालतका कारण सो प्रक्रिया अघि बढ्न सकेको छैन। त्यस्तै, भक्तपुरको सूर्यविनायकलगायत नगरपालिकाले भने दुई वर्षअघिदेखि नै यो अभ्यास गर्दै आइरहेका छन्।

मेयर महर्जनका अनुसार महानगरपालिकाले महानगर क्षेत्रभित्र सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने योजना अघि सारेको छ। सो एकेडेमी साझा रूपमा रहने बताइएको छ।