१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट पक्षपाती र मन्त्रीमुखी छ : एमाले सांसद थापा

‘जनयुद्ध’ शब्दको प्रयोगमा आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

नेकपा एमालेका सांसद सूर्य थापाले बजेट सन्तुलित नभएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजनमाथिको छलफलमा सहभागी हुँदै थापाले बजेट पक्षपातपूर्ण र मन्त्रीमुखी रहेको बताए।

‘प्रधानमन्त्रीज्यूले तीन करोडभन्दा साना योजनालाई बजेट नछुट्याउने भन्नुभएको थियो। तर, आए ७५ हजारदेखि माथिका। तीन करोडका योजना त विरलै छन्,’ उनले भने, ‘बजेटमा सन्तुलन चाहिँ छैन है प्रधानमन्त्तीज्यू, अर्थमन्त्रीज्यू। आवश्यकतामा आधारित छैन, पक्षपातपूर्ण र मन्त्रीमुखी छ।’

६३ वर्षअघि काम थालिएको भालुवाङ–प्युठान मोटरबाटोमा बजेट नदिएर अर्थमन्त्रीले रोल्पामा १० अर्ब बजेट लगेको भन्दै सांसद थापाले असन्तुष्टि पोखे। ‘सहिदमार्गमा, केकेमा रोल्पातिर १० अर्ब बजेट जाँदा मैले धेरै मागेको थिइनँ। १६ करोड र बहुवर्षीय गर्दा चार वर्षमा ८४ करोडमा त्यो दुई लेन बन्छ। त्यो बाटो अर्थमन्त्री जन्मनुभन्दा पहिले, म जन्मनुभन्दा पहिले, आजको रोल्पा जिल्ला जन्मनुभन्दा पहिले थालिएको हो। १८ सालअघि रोल्पा जिल्ला थिएन। ६३ वर्षअघिदेखि थालनी भएको मोटरबाटोका निम्ति १६ करोड हामीले भिख मागेका थियौँ। यो कस्तो खाले विनियोजन हो?’ उनले भने।

सांसद थापाले बजेटमा ‘जनयुद्ध’ शब्द राखिएको प्रतिसमेत आपत्ति  जनाए। संसद्, संविधानसभा र शान्ति  सम्झौताले नै ‘सशस्त्र द्वन्द्व’ भनेर स्वीकार गरेको विषयलाई ‘जनयुद्ध’ भनिएको, तर अन्य संघर्षलाई कतै उल्लेख नगरिएको भन्दै उनले भने, ‘झापा विद्रोहको यहाँ किन उल्लेख नगरिएको? यही नक्खु छेउमा नेपाली कांग्रेसका चारजना योद्धाहरूलाई पञ्चायतले जेलबाहिर लगेर हत्या गरेको थियो। त्यो घटनाका सहिदहरूलाई सम्झन पर्ने जरुरी नठान्ने यो कस्तो पूर्वाग्रह हो? २०३५ सालमा गोलघरबाट रातारात निकालेर क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिइएको थियो। पञ्चायतका विरुद्ध फाँसीमा चढाइएका योद्धाहरूलाई नसम्झने यो कस्तो पूर्वाग्रह हो?’