Skip This
युरोपियन च्याम्पियनसिप : २४ वर्षपछि रोमानियाको जित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Thursday, 15 May, 2025
२o८१ असार ४ मंगलबार o६:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोपियन च्याम्पियनसिप : २४ वर्षपछि रोमानियाको जित

सन् २००० पछि रोमानियाले युरोकपमा पहिलो जित निकाल्ने क्रममा युक्रेनलाई ३–० ले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o६:२४:oo

रोमानियाले युरोपियन च्याम्पियनसिप (युरो) फुटबल प्रतियोगितामा २४ वर्षपछि पहिलो जित निकालेको छ । जर्मनीको म्युनिखमा सोमबार समूह ‘इ’को पहिलो खेलमा रोमानियाले बलियो युक्रेनमाथि ३–० को सानदार जित निकालेको हो । युरोकपमा रोमानियाले अन्तिमपटक जित हात पारेको नै इंग्ल्यान्डमाथि हो । सन् २००० मा रोमानियासँग इंग्ल्यान्ड समूह चरणमा ३–२ ले स्तब्ध भएको थियो । सन् २०२२ पछि युक्रेनले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलिरहँदा हारको सामना गरेको छ ।

फिफा वरीयतामा रोमानियाभन्दा युक्रेन २४ स्थानमाथि छ । युक्रेनले युरोको तयारी राम्रो गर्न सकेको थिएन । बुल्गेरिया र लिचेस्टिनसँग युक्रेन गोलरहित बराबरीमा रोकिएको थियो । युक्रेनविरुद्ध रोमानियाले खेलको २९औँ मिनेटमा १–० को अग्रता लिएको थियो । निकेलाएले डिबक्सबाहिरबाट डेनिसको सटीक पासमा उत्कृष्ट गोल गरेका थिए । 

पहिलो हाफमा युक्रेनले बराबरी गोल अवसर चुकाएको थियो । रोमानियाले निरन्तर रूपमा काउन्टर एट्याक्टमा युक्रेनमाथि दबाब राखेको थियो । दोस्रो हाफमा युक्रेनले केही खेलमा सुधार गरे पनि दुई गोल व्यहोरेको थियो । खेलको ५३औँ मिनेटमा राजभान मारिनले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दा रोमानिया २–० ले अघि रह्यो । राजभानको प्रहार युक्रेन गोलरक्षक आन्द्रेय लुनिनको हातमा लागेर गोल भएको थियो । 

खेलमा २–० को अग्रता लिएको रोमानियाले ५७औँ मिनेटमा ३–० को अग्रता लिन सफल भयो । यसपटक रोमानियाका लागि डेनिस ड्रागुसनले गोल गरेका थिए । डिबक्सबाहिर डेनिस मानको उत्कृष्ट ड्रिब्लिनमा प्राप्त पासमा उनले गोल गरेका हुन् ।
युरो छनोटमा रोमानियाले अपराजित रही स्थान पक्का गरेको थियो ।

अब शनिबार उसको खेल बेल्जियमसँग छ । तीन वर्षअघिको युरोमा युक्रेनले क्वार्टरफाइनल स्थान बनाएको थियो । रोमानियाविरुद्धको प्रतिस्पर्धामा युक्रेनले ७७औँ मिनेटसम्म गोल प्रयास गर्न सकेन । दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेको रोमान योरेचोकको प्रहार क्रसबारमा लागेको थियो । शुक्रबार युक्रेनले स्लोभाकियाविरुद्ध खेल्नेछ ।