१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अछाममा गर्मीले लाइटर पड्किँदा घर जलेर सखाप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

अत्यधिक गर्मीले लाइटर पड्किँदा अछाम ढकारी–६ मोयमा एक घर जलेर खरानी भएको छ। अत्यधिक गर्मीले लाइटर पड्किँदा आगलागी भएको हो।

आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घर जलेर पूरै सखाप भएको स्थानीय नेत्रबहादुर बुढाले बताए।

उनका अनुसार दिउँसो ३ बजेतिर घरमा कोही नभएको वेला चुलो छेउमा राखिएको लाइटरभित्रको ग्यास विस्फोट भएपछि एकाएक घरमा आगोको मुस्लो देखिएको हो।

यस क्षेत्रमा पहिलोपटक अत्यधिक गर्मी महसुस भइरहेको स्थानीयले बताएका छन्। जसका कारण गाउँका खरले छाएका घर तथा गोठहरूमा आगलागीको जोखिम बढेको छ।

आगलागीका कारण घरमा रहेको केही नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको पीडितले बताए।