१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रक व्यवसायीको हत्या आशंकामा शिक्षिका प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

बैतडीमा छिमेकी पुरुषको हत्या आशंकामा पाटन नगरपालिका– ६ की एक शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत शनिबारदेखि हराइरहेका स्थानीय वीरभानसिंह विष्टको हत्या आशंकामा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पाटन नगरपालिका– ६ बस्ने ५१ वर्षीय विष्टको शव सोमबार पाटन–पञ्चेश्वर सडकको घाङल खोलामा फालिएको अवस्थामा फेला परेको छ। भिरमा फालिएको शव निकाल्ने काम भइरहेको पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए।

मृतक विष्टका आफन्तले दिएको सूचनाका आधारमा शिक्षिकालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनको पहिचान सार्वजनिक गरेको छैन।

मृतक र प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका एकै टोलका बासिन्दा हुन्। महिलाको घरबाट खेतको आली हुँदै पाँच सय मिटर तल सडकसम्म घिसारेजस्तो देखिएको र उक्त ठाउँमा रगतका टाटा देखिएको स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। 

सोमबार बिहानदेखि मृतकको खोजीकार्य सुरु गरेको प्रहरीले दिउँसो भिरमा शव फेला पारेको हो। प्रहरी स्रोतका अनुसार ती महिलाले अन्य व्यक्तिहरूको प्रयोग गरेर ट्रक व्यवसायीको हत्या गरेको आशंका गरिएको छ।