१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा नवीन सुब्बा र दयाहाङ राई सहभागी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् । फेस्टिभलमा उनीहरूले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदै छ।

जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रूपमा यो सोसल ड्रामा फिल्म तय भएको छ। अमेरिकामा रिलिजको पूर्वसन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्।

आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ। फिल्मले गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याएको उतार–चढावको कथा भन्छ।

फेस्टिभल समापन फिल्मको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।

मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन्।

महोत्सव उदघाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ। ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ।

महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ । मेरिल्यान्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुन लागेको हो। सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ।