मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगम र ट्यांकर चालक संघबीच सहमति, आजैबाट इन्धन आपूर्ति सहज हुने

आन्दोलनरत पेट्रोलियम ट्यांकर चालकका माग १५ दिनभित्र सम्बोधन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध गरी आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति जुटेको छ।

दुई पक्षका प्रतिनिधिबीच आज भएको वार्ता सहमतिमा पुगेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

उनले आज भएको वार्तामा पेट्रोलियम ट्यांकर चालक संघले राखेका माग आगामी १५ दिनभित्र सम्बोधन गर्ने गरी सहमति जुटेको जानकारी दिए।

‘माग सम्बोधन गर्न १५ दिनको समय राखेर सहमति भएको छ,’ प्रवक्ता ठाकुले नयाँ पत्रिकासँग भने, ‘आजबाटै इन्धनको समस्या समाधान हुन्छ।’

उनका अनुसार माग सम्बोधनका लागि आयाल निगमका आपूर्ति तथा बजार शाखा प्रमुखको नेतृत्वमा समिति बनेको छ।

ट्यांकरचालकहरूले तलब भत्ता बढाउनु पर्ने, श्रम ऐनअनुसार सुविधा पाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका थिए। शनिबारदेखि उनीहरूले गरेको आन्दोलनका कारण आइतबारदेखि नै पेट्रोलियम पप्पहरूमा इन्धन अभाव भएको छ। 

निजी क्षेत्रका प्रायः सबै पम्प बन्द छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरिरहेका सरकारी पम्पहरूमा इन्धन भर्न लामो–लामो लाइन लागेको छ। यसबाट सर्वसाधारणले सास्ती व्यहोरेका छन्। 

Please wait while image is uploading...