१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ किलो सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार कपनबाट शेरब ग्याल्बो भन्ने सोनामा गुरुङलाई पक्राउ गरेको हो।

गुरुङसँग नेपाली नागरिकतासमेत भेटिएको र त्यसउपर छुट्टै अनुसन्धान हुने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए। उनी ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन्। उनीसँग स्रोत नखुलेको ४८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ।

लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ क्रिप्टोकरेन्सी तथा युएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीले जनाएको छ। सुन तस्करी प्रकरणमा सिआइबीले हाल दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।