१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषिजन्य वस्तु भण्डारण गर्न चिस्यान केन्द्र बनाउँदै बेलडाँडी गाउँपालिका

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ चवन्नी बजारनजिकै कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण कार्य सुरु गरिएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुका लागि गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गर्न लागेको हो।

गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार गत वर्ष असार १० गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय भएअनुसार काम सुरु गरिएको हो। बेलडाँडीसहित बेलौरीका स्थानीय किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण गर्न कोल्ड स्टोर निर्माण गर्न लागेको उनले बताए।

गाउँपालिका उपप्रमुख शान्ति नाथले गाउँमै चिस्यान केन्द्र भएपछि स्थानीय किसानलाई सुविधा हुने बताइन्। उनले बेलडाँडीमा चिस्यान केन्द्र नहुँदा यहाँका किसानले उत्पादन गरेको कृषि वस्तु अन्यन्त्र टाढा राख्नुपर्ने भएकोमा अब त्यो बाध्यता हट्ने बताइन्।

गणेश निर्माण सेवाले आगामी ३० मंसिर ०८१ मा भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ। गणेश निर्माण सेवाका प्रतिनिधि दिलीप चन्दले ७१ लाख ६१ हजारबराबरको बजेटमा कोल्डस्टोर निर्माण सम्झौता गरेको भन्दै समयमै निर्माण सम्पन्न गर्ने आश्वासन दिए।