मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
तस्बिर : पिटिआई
रासस नयाँदिल्ली
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा रेल दुर्घटना हुँदा पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

भारतको पूर्वी राज्य पश्चिम बंगालमा सोमबार मालवाहक रेल र यात्रुवाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर)का अधिकारीले बताएका छन्। 

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रंगापानी रेलवे स्टेसन नजिकै स्थानीय समयअनुसार बिहान करिब ९ बजे मालवाहक रेल ‘कञ्चनजंघा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट आफू स्तब्ध भएको उल्लेख गरेकी छिन्।

जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपत् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ। घटनाको अनुसन्धान भइरहेकाले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ।