१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच पक्राउ

पक्राउ पर्नेमा एक उपसचिव, दुई अधिकृत र अरु दुईजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने प्रक्रियामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एकैपटक पाँचजनालाई पक्राउ गरेको छ।

लिखित र ट्रायलविनै १० वर्षको अवधिमा एक लाखभन्दा बढी लाइसेन्स जारी गरेको भेटिएपछि सिआइबीले यसमा छानबिन अघि बढाएको थियो। छानबिनका क्रममा नक्कली जाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न रहेका पाँचजनालाई सिआइबीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एक उपसचिव, दुई अधिकृत र अरू दुई छन्। सिआइबीले उपसचिव केशव अर्याललाई पक्राउ गरेको छ। विगतमा यातायात व्यवस्था विभागमा कार्यरत रहेका उनी हाल प्रदेश वन मन्त्रालयमा छन्।

त्यस्तै, अरू दुई अधिकृतमा यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत सुवास पौडेल छन्। अरू दुईजनामा दिलीपकुमार साह र राजेश लम्साल छन्। 

लाइसेन्स नभएका व्यक्तिले चलाएको गाडीले किचेर मान्छे मार्नेलाई लाइसेन्स दिएको आरोपमा सिआइबीले गत ७ जेठमा सातजनाविद्ध मुद्दा दायर गरिसकेको छ।

कारचालक सशांक बस्याल तथा उनका पिता ठानेश्वर बस्याल, यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, यातायात व्यव्स्था कार्यालय बुटवलका करारका सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डे, विभागका पूर्वकरारका कर्मचारी सुरजप्रकाश अर्याल तथा नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न अन्य दुई व्यक्ति अकरामुद्दिन मुसलवान र अरुण कार्कीविरुद्ध सिआइबीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

त्यस्तै, फर्जी कागजातका आधारमा लाइसेन्स जारी गरेको आरोपमा सिआइबीले लगत्तै अरू सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो। यी दुवै मुद्दा अहिले अदालतमा विचाराधीन छन्।