मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १९:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमतीद्वारा कृषिमा दुई अर्ब ६२ करोड बजेट विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै कृषिमा दुई अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरेका छन्। 

उनले कृषिमा आधुनिकीकरणसँगै उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्ने नीतिअनुसार आगामी आर्थिक वर्षमा कृषिसम्बन्धी कार्यक्रम र योजना कार्यान्वयन गर्न उक्त रकम विनियोजन गरेको बताएका छन्।

चालू आर्थिक वर्षका करिब ३ अर्ब रुपैयाँको बजेट विनियोजन भएको कृषि क्षेत्रमा आगामी आर्थिक वर्षका लागि बजेट घटेर आएको हो। यस्तै, मन्त्री थपलियाले प्रदेशमा दुग्ध उत्पादक किसानहरूको राहतका लागि दुधमा अनुदान दिने उद्देश्यले २० करोड रुपैयाँ बजेट विनियोजन गरेका उल्लेख गरेका छन्।