१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तयारी नपुगेकाे भन्दै मधेशमा बजेट ल्याउन ढिलाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आज बजेट प्रदेश सभामा प्रस्तुत गर्न दिउँसो ४ बजेबाट सुरु हुने भनिएको भए तापनि अझै सुरु हुन सकेको छैन। बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि तयारी पूरा नभएकै कारण बजेट प्रस्तुत गर्न ढिलाइ भएको हो। 

शनिबार दिउँसो ४ बजेका लागि तयारी गरिएको भए तापनि केही प्रविधिक कारणका कारण साँझ ६ बजेबाट सुरु हुने भनिएको थियो। तर, अहिलेसम्म सुरु भएको छैन । सांसद रविनदास श्रेष्ठले भने, ‘सरकार परिर्वतन भएका कारण बजेट निर्माणमा पर्याप्त समय दिन नसकेको कारणले गर्दा तयारी पूरा नभएकाले समय सारिएको हो। अब केहीबेरमा सुरु हुन्छ।’

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३८ अर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले जानकारी दिए। 

प्राप्त जनकारीअनुसार बेलुकी ७ बजेबाट मधेश प्रदेशको बजेट प्रस्तुत हुने बताइएको छ। नेपालको संविधान, २०७२ को संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनै पर्छ। 

संवैधानिक व्यवस्थामा जेठ १५ गते संघीय सरकारले बजेट ल्याउनुपर्छ। यस्तै, असार १ गते प्रदेश सभाले बजेट प्रस्तुत गर्नैपर्छ भने असार १० गतेसम्म स्थानीय सरकारले बजेट प्रस्तुत गर्नैपर्छ। सोही संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारहरूले आगामी वर्षको बजेट आज प्रस्तुत गर्न लागेका हुन्।