Skip This
बागलुङमा ९४ प्रतिशत बालबालिकाले लगाए ‘आइपिभी’ खोप
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १ शनिबार
  • Wednesday, 23 April, 2025
२o८१ असार १ शनिबार ११:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङमा ९४ प्रतिशत बालबालिकाले लगाए ‘आइपिभी’ खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार ११:५५:oo

बागलुङमा ९४ प्रतिशत बालबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाइएको छ। १३ जेठदेखि सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १० वटा स्थानीय तहका ९४ प्रतिशत बालबालिकाले खोप लगाएका हुन्। 

कुल ११ हजार ७ सय ११ जना बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य रहे पनि अभियानमा ११ हजार एक सय १५ बालबालिकाले खोप लगाएका छन्। अभियानमा प्रत्येक विद्यालयसँगै  नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरिएको थियो।  

खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिएको  स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए।

खत्रीका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा लक्ष्य भन्दा १३ प्रतिशत बढी बालबालिकालाई आईपिभी खोप लगाईएको छ। कुल ३२९ लक्ष्य रहेको ताराखोलामा ३४२ बालबालिकालाई खोप प्रदान गरिएको छ।

जिल्लाको सबैभन्दा बढी बागलुङ नगरपालिकामा २ हजार ४५६ बालबालिकाले खोप लगाएका छन यो सँगै बागलुङ नगरपालिकामा ९७ प्रतिशत बालबालिकाले आईपिभी खोप लगाईएको खोप सुपरभाईजर खत्रीले जानकारी दिए। 

जिल्लाका दश वटै स्थानिय तहमा एकै साथ सञ्चालन गरिएको खोप अभियानमा गलकोट नगरपालिकामा एक हजार २८१ बालबालिकाले खोप लगाएका छन् भने जैमिनी नगरपालिकामा ७७१, ढोरपाटन नगरपालिकामा एक हजार ८२०, काठेखोला गाउँपालिकामा ९४८, तमानखोला गाउँपालिकामा ४५४, निसीखोला गाउँपालिकामा एक हजार १८४, बडिगाड गाउँपालिकामा एक हजार ४३९ र बरेङ गाउँपालिकामा ४२० जना बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। 

अभियानमा छुटेका बालबालिकालाई धौलागिरी अस्पताल बागलुङ रहेको एमसिएच क्लिनिकबाट खोप प्रदान गरिएको छ। खोप अभियान संचालनका निम्ति ३३९ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो।

नेपालमा २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको हो।