Skip This
महानगरभित्र धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्ण बन्देज 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३२ शुक्रबार
  • Sunday, 21 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३२ शुक्रबार १९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानगरभित्र धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्ण बन्देज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३२ शुक्रबार १९:२५:oo

काठमाडौं महानगरपालिकाले महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ।

आगामी आर्थिक वर्ष ०८१/८२ धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिएकाे नगर सभाको आजकाे बैठकमा महानगर प्रमुख बालेन साहले जानकारी दिए। 

साथै उनले खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाएकाे बताए। महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उनको भनाइ थियो। स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ।

आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए। हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीतिसमेत महानगरले लिएको छ।