१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मजदुर मृत्युको घटनाले कावासोती तनावग्रस्त, ३० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार

चार प्रहरी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

पूर्वी नवलपरासीको कावासोतीमा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती तनावग्रस्त भएको छ।

प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन ३० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म ३० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार भएको छ। प्रदर्शनकारीको आक्रमणमा परी चार प्रहरी घाइते भएका उनले बताए।

यसैगरी, प्रदर्शनकारीको आक्रमणबाट पत्रकार कल्पना कुँवर, स्थानीय सञ्जय श्रेष्ठलगायत पनि घाइते भएका छन्। प्रदर्शनकारीले कावासोती नगरपालिका र नगर प्रमुख विष्णुप्रसाद भुसालको घर तोडफोड गरेका छन्। 

यसैबीच, नगरपालिकामा पीडित पक्ष, सरोकारवाला र नगरपालिकाबीच छलफल चलिरहेको छ। पीडित पक्षले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन्।

कावासोती नगरपालिकाले तीन मदजुरको ज्यान जाने गरी भएको घटनामा दुःख व्यक्त गर्दै आज शुक्रबार शोक बिदा दिएको छ। यता नेपाली कांग्रेस कावासोतीले भने विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानबिन गर्न माग गरेको छ।