१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीका विभिन्न ठाउँमा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

गए रातिकाे वर्षाले नवलपुरका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार विनयी-त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै पूर्व-पश्चिम सडक अवरुद्ध भएको छ। डाइभर्सन बनाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

उक्त सडक राति पौने ९ बजेदेखि अवरुद्ध भएको हो। अहिले एकाध सवारीसाधन एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। यता, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दाउन्ने डाँडाको खुर्सानी खोलामा पनि पहिरो खसेको छ। पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ।

त्यसैगरी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ९ थुम्सीमा पनि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। प्रहरी नायब उपरीक्षक पौैडेलका अनुसार अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको छ। दुईवटा एक्स्काभेटर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ।

गैँडाकोट– ३ तारंगखोलानजिक कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको छ। गए रातिदेखि अवरुद्ध उक्त सडक अझै खुल्न सकेको छैन। गए रातिकै वर्षाका कारण दलदलेबाट डेढगाउँ जाने सडक पनि हुप्सेकोट– ५ पांग्रेमा अवरुद्ध भएको छ।

यसैगरी, मध्यविन्दु नगरपालिका– ७ र ८ जोड्ने गिरुवारी खोलामा रहेको दुईवटा जेनेरेटर डुबाएको छ। पुल बनाउन राखिएको जेनेरेटर डुबाएको हो भने काठ र प्लाइउड पनि बगाएको छ।