मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकल पौडेल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारकाे अर्को मुद्दामा पनि दोषी ठहर भएका छन्। यससँगै उनी प्रतिवादी रहेका चारमध्ये दुईवटामा दोषी ठहर भएका छन् भने दुई मुद्दा विचाराधीन छन्।

गत ९ वैशाखमा दायर मुद्दामा विशेष अदालतले उनलाई सोमबार कसुर कायमको फैसला गरेको हो। झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै दायर मुद्दामा पौडेल दोषी पाइएका हुन्।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस मुद्दामा फैसला गरेको हो। पौडेलले सरकारी पदमा रहँदा नै संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएका थिए।