१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. सन्दीप सौरभको लोकसभा उम्मेदवारीमा जेएनयूका पूर्वछात्रहरूको ऐक्यबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) छात्र संगठनका पूर्वमहासचिव डा. सन्दीप सौरभको लोकसभा चुनाव उम्मेदवारीप्रति त्यहाँका पूर्वछात्रहरूले ऐक्यबद्धता जनाउँदै शुभकामना दिएका छन्।

डा. सौरभले बिहार राज्यको नालन्दा निर्वाचन क्षेत्रबाट आइएनडिआइए गठबन्धनको उम्मेदवारका रूपमा लोकसभा चुनावमा प्रतिस्पर्धा गर्दै छन्। नेपालमा रहेका जेएनयूका पूर्वछात्रहरूले उनलाई जितको शुभकामना दिएका हुन्।

पटना विश्वविद्यालयबाट स्नातक गरेका सौरभले भारतको प्रतिष्ठित जेएनयूबाट एमए, एमफिल र पिएचडीको अध्ययन गरेका छन्। शैक्षिक उत्कृष्टताका साथै छात्र राजनीतिमा सक्रिय सौरभ जेएनयू छात्र संगठन र भारतीय कम्युनिस्ट पार्टी मालेको विद्यार्थी संगठन, एआइएसए, दुवैको महासचिवको रूपमा काम गरेका छन्।

२०२० को विधानसभा चुनावमा महागठबन्धनको साझा उम्मेदवारको रूपमा बिहारको पालिगन्जबाट उम्मेदवारी दिएका सौरभले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३० हजारभन्दा बढी मत अन्तरले हराएका थिए।

छात्र राजनीतिको क्रममा सामाजिक न्याय र समानताका लागि विभिन्न आन्दोलनहरूमा सहभागी रहेका सौरभले जवाहरलाल नेहरू विश्वविद्यालयमा अन्य पिछडिएका वर्गहरू (ओबिसी)को आरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

त्यस्तै, सन् २०१२ को निर्भया सामूहिक बलात्कार प्रकरणपछि महिलाहरूको लागि सुरक्षा र स्वतन्त्रताको माग गर्दै चर्किएको बेखौफ आजादी आन्दोलनमा उनले सक्रिय रूपमा भाग लिएका थिए। छात्र राजनीतिबाटै सीमान्तकृत वर्गको उत्थानका लागि वकालत गर्दै आएका सौरभले पालिगन्जको विधायकको हैसियतमा लामो समयदेखि व्याप्त मुद्दाहरूलाई सम्बोधन गर्नुका साथै आफ्ना निर्वाचन क्षेत्रको जनताहरूको जीवनमा सुधार ल्याउन विभिन्न विकासका परियोजनाहरू अघि बढाएका छन्।

ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि अत्यावश्यक पूर्वाधारको विकासलाई जोड दिएका सौरभले वर्षौँदेखि पहुँचविहीन रहेका करिब दशवटा गाउँमा सडक निर्माणको काम अघि बढाउनुका साथै किसानलाई समयमै बिउ र मल उपलब्ध गराउने, उत्पादकत्व वृद्धि गर्ने र जीविकोपार्जनमा टेवा पुर्‍याउने काम गरेका छन्। उनकै नेतृत्वमा २०० भूमिहीन परिवारलाई पाँच–पाँच डिसमिलका दरले जग्गा वितरण गरिएको छ भने खाद्य सुरक्षा सुनिश्चित गर्न र आर्थिक कमजोरी कम गर्न १५ हजार गरिबलाई रासन कार्ड जारी गरिएको छ।