१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : राेयटर्स
रासस रफाह
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आइसिजेले आक्रमण रोक्न दिएकाे आदेशका बाबजुद रफाहमा इजरायली आक्रमण

Read Time : < 1 मिनेट
रासस, रफाह
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले रफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ।

इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजना बन्दीहरूको शव बरामद गरेको घोषणा गरेको केही घण्टापछि अन्तर्राष्ट्रिय अदालतले (आइसिजे)ले प्यालेस्टिनीले अझै बन्धक राखेका सबैलाई तत्काल रिहा गर्न र इजरायललाई इजिप्ट र गाजाबीचको रफाह क्रसिङ खुला राख्न आदेश दिएको थियो।

‘इजरायलले रफाह क्षेत्रमा सैन्य कारबाही गरेको छैन र गर्ने पनि छैन, जसले प्यालेस्टिनी नागरिकको जीवनमा पूर्ण वा आंशिक विनाश गर्न सक्ने अवस्था सिर्जना गर्दछ,’ राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले इजरायलको विदेश मन्त्रालयका प्रवक्तासँगको संयुक्त विज्ञप्तिमा भने।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आइसिजेको फैसलाको स्वागत गरेको छ, तर युद्धग्रस्त गाजाको बाँकी भागलाई बेवास्ता गरेको भन्दै निर्णयको आलोचना पनि गरेको छ।

आइसीजेको फैसलाको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको छ। प्यालेस्टिनी साक्षी र एएफपी टोलीले रफाह र केन्द्रीय सहर देइर अल–बलाहमा इजरायली आक्रमण भएको जनाएको थियो।

‘हामीलाई आशा छ कि, अदालतको निर्णयले इजरायललाई यो विनाशको युद्ध अन्त्य गर्न दबाब दिनेछ। किनकि यहाँ केही बाँकी छैन,’ गाजा युद्धका कारण देइर अल–बलाहमा विस्थापित प्यालेस्टिनी महिला ओम मोहम्मद अल–अस्काले गुनासो गरिन्।

‘इजरायल आफूलाई कानुनभन्दा माथि ठान्छ। तसर्थ, गोलीबारी वा बल प्रयोगबाहेक अरूले इजरायललाई रोक्न सक्छ भन्ने मलाई विश्वास छैन,’ मध्यगाजापट्टी सहरमा एएफपीले भेटेको मोहम्मद सालेहले भने।

आफ्नो फैसलामा आइसिजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न आदेश दिएको छ। गाजामा हमासले बन्धक बनाएकाको ‘तत्काल विनासर्त रिहाइ’को लागि पनि आह्वान गरेको छ।