मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बिर्तामोड गोर्खा-रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा–रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौँडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनल प्रवेश गरेको हो। चौबिसे गाउँपालिका–६ स्थित पुण्यमाविको मैदानमा खेलको दोस्रो मिनेटमा नै बिर्तामोडका आशिष चापागाईंले खाता खोलेका थिए। दोस्रो हाफको १२औँ मिनेटमा चापागाईंले थप एक गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए।

खेलको १८औँ मिनेटमा झापाका योगेश गुरुङले एक गोल गर्दै टिमलाई ३–० को अवस्थामा पुर्‍याए। खेलको इन्जुरी समयमा पुनः गुरुङले एक गोल थपेपछि टिमलाई ४–० को फराकिलो अन्तरले जित सुनिश्चित गरे।

खेलको म्यान अफ दी म्याच झापाका टिम क्याप्टेन आशिष चापागाईं घोषित भए। उनले नगद सात हजार पुरस्कार जिते।

भोलि आइतबार भोजपुर जिल्ला फुटबल क्लब र आयोजक रारा फुटबल क्लब राजारानीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।