मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

मकवानपुरको हेटौँडामा यात्रुबाहक बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– ११ थानाभञ्ज्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको हो।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंका लागि गुडेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको परिचय खुल्न नसकेको प्रवक्ता भण्डारीको भनाइ छ।

मृतकको शव पोस्टमार्टमका लागि हटौँडा अस्पतालमा राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।