मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वसाधारण र मन्त्रीलाई समान रूपमा कानुन लागू होस् : राप्रपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वसाधारण र मन्त्रीलाई कानुन समान रूपमा लागू हुनुपर्ने स्पष्ट पारेको छ।

बुधबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथिको नागरिकतासम्बन्धी विषय न्यायिक निरूपणको विषय बनिसकेको उल्लेख गर्दै गृहमन्त्रीमाथि लागेका आरोपमाथि पनि छानबिन हुनुपर्ने जनाएको छ। 

‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रस्ट छ। नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ। त्यसैगरी, गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमा पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ।’

यसैबीच, राप्रपाले ११, १२ र १३ जेठमा काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बुधबार कार्यसम्पादन समिति बैठकमा आगामी बैठकमा हुने प्रतिवेदनमाथि छलफल भएको श्रेष्ठले जानकारी दिए। 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यसैगरी, पार्टी महामन्त्री डा. धवलशमशेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका छन्। ‘प्रस्तुत प्रतिवेदनहरूलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्।