Skip This
मिस कप प्रतियोगिता सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मिस कप प्रतियोगिता सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

मोर्डन इन्डियन स्कुल (मिस)को आयोजनामा भएको मिस कप इन्टर स्कुल २०२४ प्रतियोगिता सम्पन्न भएको छ। 
१९ मेबाट सुरु भएको प्रतियोगितामा चाँदबाग, ज्ञानोदय, रूपी, डिएभी, त्रियोग, केन्द्रीय विद्यालय र आयोजकको मिस गरी आठ टिमको सहभागिता थियो। 

बास्केटबल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस र बुद्धिचाल गरी ६ खेलमा सात सय बढी खेलाडीको सहभागिता थियो। टेनिसको महिलातर्फ डिएभीलाई ३–२ सेटमा हराउँदै मिस महिलाले उपाधि जित्दा पुरुषतर्फ मिसलाई हराउँदै डिएभीले उपाधि उचालेको छ।

बास्केटबल उपाधि ज्ञानोदय र चाँदबागले जितेका छन्। पुरुषको फाइनलमा ज्ञानोदयले मिसलाई ३०–२४ तथा महिलातर्फ चाँदबागले त्रियोगलाई ११–८ ले हराएको छ । 

फुटसलको उपाधि डिएभीले जित्यो। फाइलनमा मिस ५–० ले पराजित भयो। बुद्धिचालमा मिसका आशिष गुप्ताले त्रियोगका आभास रिमाललाई पराजित गर्दै उपाधि जितेका छन्। 

ब्याडमिन्टनको उपाधि मिसका प्रिन्सकुमार शाह र त्रियोगका ज्योति श्रेष्ठले हात पारे। मिसका फ्रिन्सले ज्ञानोदयका श्रीषराज प्रधान र ज्योतिले डिएभीकी निभा थापालाई पराजित गर। क्रिकेटतर्फको उपाधि डिएभीले जितेको छ। डिएभीले १८ रनको जित निकाल्यो। पहिलो ब्याटिङ गरेको डिएभीले ९१ रन बनाएको थियो। प्रत्युत्तरमा मिसले चार विकेट गुमाउँदा मात्र ७३ रन बनायो।