१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारी ठगी छानबिनमा सरकारलाई दबाब दिन कांग्रेसले सडक आन्दोलन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणविरुद्धमा सडक आन्दोलन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जेठ १३ गते काठमाडौंको भृकुटीमण्डपमा विरोधका कार्यक्रम गर्ने जानकारी दिए।

काठमाडौं जिल्ला समितिले गर्ने उक्त आन्दोलनपछि सातै प्रदेश र जिल्ला जिल्लामा पनि विरोधका कार्यक्रम गर्ने महतले बताए।

‘छानबिन समिति गठनका लागि दबाब दिन र सहकारीपीडितको रकम फिर्ताको सुनिश्चितता र संलग्नलाई कारबाहीका लागि सडक आन्दोलन थाल्छौँ,’ महतले भने, ‘काठमाडौं जिल्ला समितिले १३ गर्ते भृकुटीमण्डपमा विरोधको कार्यक्रम गर्नेछ। त्यसपछि सातै प्रदेश र जिल्ला जिल्लामा पनि विरोधका कार्यक्रम हुनेछन्।’

सहकारी प्रकरण गृहमन्त्री रवि लामिछानेको मात्रै विषय नरही प्रचण्ड नेतृत्वको सरकारमा रहेका दलहरूको प्रवृत्ति पनि जोडिएको महतले बताए। उनले भने, ‘सरकार प्रतिपक्षी दललाई पेलेर जाने र विश्वासको मत लिने, अध्यादेशबाट बजेट ल्याउने मनस्थितिमा रहेको देखिन्छ। हामी सशक्त रूपमा सडक र सदनमा प्रस्तुत हुन्छौँ।’