१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘उद्यमशीलता, उद्यमी र बजेट’ विषयक अन्तर्क्रिया सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताएका छन्। उद्यमशील कांग्रेसले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा पूर्वरक्षा तथा सञ्चारमन्त्रीसमेत रहेका नेता रिजालले सरकार र नेतृत्वको तीव्र इच्छाशत्तिले मात्र यो सम्भव रहेको बताए।

स–साना पुँजीबाट मात्र क्रमशः ठूलो सफलता हासिल हुने भन्दै उनले त्यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए। स्थानीय उत्पादनहरूलाई बजारसम्मको बाटो राज्य स्तरबाटै निर्माण हुनुपर्ने र बजेटमार्फत नै कार्यक्रमहरू ल्याउनुपर्नेमा नेता रिजालले जोड दिए।

कसैले डोर्‍याएर सफल उद्यमी बन्न नसकिने उल्लेख गर्दै रिजालले स्वयं व्यक्तिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए। हाम्रो शिक्षा पद्धति नै परिवर्तन गर्नुपर्ने भन्दै उनले सीपमूलक दक्षता प्रदान गर्ने किसिमको शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे।

कार्यक्रममा नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता निरज खनालले नवउद्यमीहरू पटकपटक असफल हुन सक्ने सम्भावना रहे पनि हतास हुन भने नहुने बताए। असफलतासँग डराउने मानिस उद्यमी बन्न नसक्ने भन्दै उनले राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न नहुने उल्लेख गरे। राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउने उनको भनाइ थियो। उद्यमी खनालले राज्यले नीति तथा कार्यक्रम ल्याई व्यावहारिक रूपमै कार्यान्वयन गनुपर्नेमा जोड दिए।

कार्यक्रममा युवा उद्यमी निकिता आचार्यले सम्पूर्ण जोखिम आफैँले व्यहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुन सक्ने बताइन्। राज्यपक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मन सक्ने उनको भनाइ थियो।

कार्यक्रमका सहजकर्ता युवा उद्यमी एवं ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले उद्यमशीलताको क्षेत्रमा विद्यमान चुनौती न्यूनीकरण र उद्यममैत्री वातावरण निर्माणका लागि सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। त्यसका लागि सरकारलाई सबै पक्षबाट घचघच्याउन आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रमका विशेष वक्ता कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गरे।

यस्तै, उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले भएका नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष फितलो हुँदा उद्यमशीलता क्षेत्रले फड्को मार्न नसकेको बताए। कार्यक्रममा उद्यमशील कांग्रेसका सदस्य वृतान्त खनालले कार्यपत्र प्रस्तुत गरेका थिए।