१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गौतमलाई ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।

नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द र वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालगायतले उनलाई पुरस्कार प्रदान गरे।

काठमाडौं र हेटौँडामा रहेर  दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहेका थिए। उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन्।

पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए।

डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ। यो शृंखलामा ०७९ मा प्रदर्शन भएका फिल्म समावेश गरिएको अवार्ड अध्यक्ष शान्तिप्रियले जानकारी दिए।