१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

इप्पानले स्थापना गर्‍यो नीति अनुसन्धान र भवन निर्माण कोष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ। खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई थिंक ट्यांकको रूपमा विकास गर्न तथा आफ्नै भवनबाट गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको इप्पानले जनाएको छ।

शुक्रबार काठमाडौंमा भएको इप्पानको २२औँ साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्तले जानकारी दिए।

‘दूरगामी रूपमा प्रभाव पार्ने खालका दुईवटा कोषको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ। यसले सदस्यहरूलाई संगठित गर्ने, नीतिगत र कार्यक्रमगत लबिङ गर्ने तथा विभिन्न खोज–अनुसन्धान गर्ने कामहरू अघि बढ्नेछन्,’ उनले भने।

उनका अनुसार इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकाले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्यांक, जानकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरू संस्थागत रूपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो।

तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ। ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरूबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिएको बताइएको छ।

शुक्रबार घोषणा गरिएको कोषमा इप्पानको २२औँ वार्षिक साधारणसभामा सम्मानित भएका पूर्वऊर्जासचिव सुमन शर्माले आफूले ऊर्जा ज्योति सम्मानबापत पाएको एक लाख रुपैयाँमा थप एक लाखसहित दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्। यसैगरी, यस कोषमा इप्पान सदस्य टिएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्। उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

यसैगरी, पाँच वर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए।

भवन निर्माणका लागि यसअघि इप्पानका पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा भएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ। भवन निर्माणका लागि शुक्रबारको वार्षिक साधारणसभामा इप्पान सदस्य कुवेरमणि नेपालले आफ्नो जलविद्युत् कम्पनीबाट दुई लाख, नवीन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत् कम्पनीबाट दुई लाख र इप्पान सदस्य टिएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ भवन निर्माणका लागि सहयोगको घोषणा गरिसकेका छन्।