१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नयाँ पत्रिका
Invalid date format १८:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोजगारी र जीविकाको माग राख्दै १० दिनदेखि युवा सामूहिक अनशनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

रोजगारी र जीविकाको माग राख्दै १० दिनदेखि युवाहरू सामूहिक अनशनमा बसेका छन्।

राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे मागसहित नौजनाले संयुक्त रूपमा काठमाडौंको कलंकीमा अनशन बसिरहेका छन्। गत २४ वैशाखदेखि सुरु भएको अनशन बुधबारसम्म जारी छ। 

‘स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आमनागरिकलाई बाँच्न दे’ भन्ने मूल नारामा सुरु भएको अनशन माग सम्बोधन नभएसम्म जारी रहने दृढता आन्दोलनकारी पक्षले व्यक्त गरेको छ। 

व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिसमेत नौजना अनशनमा छन्। त्यसमा चन्द्रबहादुर थापा (सागर), बिन्दु थापा केसी, द्रोण सुवेदी, सुवास श्रेष्ठ, हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोख्रेल , शेरबहादुर साउद र पार्वती पुलामी छन्। 

आफूहरूको अनशनमा दैनिक हजारौँकाे संख्यामा व्यवसायी तथा सर्वसाधारण उपस्थिति हुने गरेको सहयोगी गोविन्द विष्टले जानकारी दिए। राजनीतिक, आर्थिक, सांस्कृतिक समस्याको निकास स्थायी सरकार भएकोले संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको प्रणाली लागू गर्नुपर्नेलगायतका माग रहेको उनले बताए। सरकारले आफ्ना माग पूरा नगरेसम्म अनिश्चित कालका लागि सत्याग्रह जारी रहने उनले बताए।

‘आज सिंगो देश संकटमा परेको वेला सामूहिक रूपमा संघर्ष गर्नुपर्ने भएको हुँदा हामी सबैले पाटी, जाती, क्षेत्र, लिंगभन्दा माथि उठेर संयुक्त रूपमा संघर्ष गरेका छौँ,’ उनले भने, ‘यो आमनागरिकको चिन्ता भएकाे हुँदा आआफ्नो ठाउँबाट आफ्नो पीडा समाधान गर्न यस आन्दोलनलाई सहयोग गर्न आग्रह गछौँ।’
 
अनशनको सुरु गरेको दिनदेखि निरन्तर रूपमा राज्यलाई दबाब दिँदै आएको, तर राज्य बेखबर भएको विष्ट बताउँछन्। अनशनकारीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएको उनको भनाइ छ। सरकारले आफ्ना माग समयमै सम्बोधन नगरेमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरी देशैभर प्रदर्शन गर्ने उनले चेतावनी दिए।

आन्दोलनका क्रममा दबाब दिन बुधबार संघर्ष समितिले मोटरसाइकल र्‍यालीसमेत गरेको छ। कलंकी चोकदेखि सुरु भएको र्‍याली बल्खु, सातदोबाटो, कोटेश्वर, सिनामंगल, पुरानो बानेश्वर, पुतलीसडक, भृकुटीमण्डप, त्रिपुरेश्वर हुँदै फेरि अनशनस्थल कलंकीमा गएर कोणसभा गर्ने तयारी थियो। तर, कोटेश्वर चोकमा विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा केही आन्दोलनकारी साथीहरू घाइते भएकाे र केही चौकीमा रहेको विष्टले बताए।