निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
२०७६ बैशाख ३१ मंगलबार ११:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णाली प्रदेशको बजेट अधिवेशन १० जेठमा

Read Time : < 1 मिनेट
२०७६ बैशाख ३१ मंगलबार ११:०४:००

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन १० जेठमा बोलाइने भएको छ । मन्त्रिपरिषद् बैठकले त्यसका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  सोमबार मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले १० जेठ दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुखलार्ई सिफारिस गर्ने निर्णय भएको बताइन् । प्रदेश सरकारले बजेटको तयारी पनि सुरु गरेको छ । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सात विधेयकलाई सैद्धान्तिक स्वीकृत गरेको छ । आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुमा गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । रसायन तथा रासायनिक विषादी नियन्त्रण विधेयक–२०७६, पशु बधशाला तथा मासु जाँच विधेयक–२०७६ र माटो तथा मल व्यवस्थापन विधेयक–२०७६ तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको प्रवक्ता केसीले बताइन् । 

कर्णालीमा शान्ति सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहेको समिति पनि मन्त्री परिषद्ले गठन गरेको छ । यसैगरी, कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको द्वन्द्वपीडित राहत तथा उपचारसम्बन्धी कार्यविधि २०७६ र कर्णाली प्रदेश पर्यटन बोर्ड गठनादेश–२०७६ थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद् प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।