Skip This
एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
रासस काठमाडौं
२o८१ जेठ १५ मंगलबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १२:o३:oo

नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ।

बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्ताबेज, विधान दस्ताबेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेज र सांगठनिक दस्ताबेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

स्थायी समितिकाे निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्युरो बैठक बोलाइएको छ। दुवै कमिटीबाट आएका सुझाव संकलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।

खतिवडाका अनुसार देशभर सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदै छ।

ad
ad