निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका
२०७६ बैशाख ३० सोमबार १९:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

हावाहुरी पीडितका लागि प्रदेश १ सरकारद्वारा एक करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३० सोमबार १९:१५:००

प्रदेश १ सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि सहयोग स्वरुपको एक करोड रुपैयाँको चेक सोमबार हस्तान्रण गरेको छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो । प्रदेश एकका मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपत्मा प्रदेश १ ले सानो सहयोग गरेर विपत्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

प्रदेश २ का मुख्यमन्त्री राउतले सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश–प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताए । बारा-पर्सामा गत १७ चैत्रमा आएको हावाहुरीमा २९ जनाको मृत्यु भएको थियो भने करोडौँको धनमालको क्षति भएको थियो । 

कर्मचारीको एक दिनको तलब 
प्रदेश २ का प्रदेश प्रमुखको कार्यालय तथा निजी सचिवालयका कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी बारापर्साका हावाहुरीबाट प्रभावितका लागि पठाएका छन् ।

हावाहुरीका कारण प्रभावित तथा घाइते भएकाहरुका लागि राहतस्वरुप उक्त रकम पठाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत यही २७ वैशाखमा उक्त रकम पठाइएको प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।