१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
कृष्ण रिजाल काठमाडाैं
Invalid date format o६:२९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तेस्रो लगानी सम्मेलन आजदेखि, १५४ परियोजना सोकेसमा

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२९:oo

५५ विदेशी राष्ट्रका आठ सय र नेपालबाट एक हजार प्रतिनिधि सहभागी

तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालमा रहेको लगानीको सम्भावना र अवसरको जानकारी दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले दुईदिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विदेशबाट ५५ मुलुकका आठ सय र नेपालका एक हजार गरी एक हजार आठ सय प्रतिनिधि सहभागी हुँदै छन् । सरकारी र निजी क्षेत्रका समेत गरी एक सय ५४ परियोजना सम्मेलनको सोकेसमा राखिएका छन् । 

आयोजनाको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । ‘सबै विदेशी प्रतिनिधि आइसक्नुभएको छ, जी टु जी र बी टु बीबीच हुने समझदारीका खाकालाई पूर्ण रूप दिने काम भइरहेको छ,’ उनले भने, ‘सम्मेलनको पहिलो दिन नेपालमा भएको सोकेस परियोजनासहित लगानीको सम्भावना र अवसर प्रस्तुत गर्दै लगानीका लागि आह्वान गर्नेछौँ, हाम्रा प्रतिबद्धता सुनाउँदै लगानीकर्ता र साझेदारका कुरा पनि सुन्नेछौँ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोल्टी होटेलमा हुने सम्मेलनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रलाई सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्बोधन गर्नेछन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए । 

उद्घाटन सत्रमा विदेशी प्रमुख वक्तामा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयता नियोग (सिआइडिसिए)का अध्यक्ष लुवो चाओहुई, भारतको उद्योग तथा वाणिज्यमन्त्री पियुष गोयल, बेलायती राज्यमन्त्रीद्वय आन मेरी ट्रिभेलियन र एन्ड्र्यु मिचेल र अमेरिकी सहायक विदेशमन्त्री डोलान्ड लु छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलन महानिर्देशक म्याडम रेबेक ग्रिनस्पान, बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका क्षेत्रीय निर्देशक बेन मेलर, विश्व बैंक ग्रुपका उपाध्यक्ष मार्टिन रेजर, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिङ याङ र एसियाली पूर्वाधार लगानी बैंकका कार्यवाहक उपाध्यक्ष राजत मिश्र विदेशी प्रमुख वक्ता छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवस्ताव, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सन, सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष जस्मिन उद्दिन, अमेरिकी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केसप, भारतीय उद्योग परिसंघका प्रमुख प्रतिनिधि सुप्रतिम दत्त र सतलज जलविद्युत् निगम (एसजेभिएन)का अध्यक्ष सुशील शर्माले पनि प्रमुख वक्ताकै रूपमा सम्बोधन गर्दै छन् । त्यस्तै, नेपालका निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सम्बोधन गर्दै छन् । 

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालमा लगानीसँग सम्बन्धित विभिन्न विषयमा १० छुट्टाछुट्टै सत्रमा छलफल हुँदै छ । यी सत्रमा ५० भन्दा बढी वक्ताको सहभागिता रहनेछ । दुईदिने सम्मेलनमा विभिन्न कन्क्लेभ, बी टु बी र जी टु जी मिटिङ, नीतिगत छलफल, परियोजना सोकेसिङ, लगानीसम्बन्धी समझदारी र सम्झौता तथा नेटवर्किङ मिटिङ हुने सिइओ भट्टले बताए । नेपाललाई लगानी गन्तव्यका रूपमा विश्व समुदायमाझ उभ्याउने सार्थक प्रयासस्वरूप लगानी सम्मेलन आयोजना गरिएको उनले बताए ।

नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता ? 
लगानी बोर्डका अनुसार नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता सहभागी हुँदै छन् । चीनका २६५, भारतका १४३ र अमेरिकाका ३३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । त्यस्तै, जापानका २८, युकेका १४, बंगलादेश र युएईका १३–१३ र जर्मनीका १० जनाले सहभागिताको प्रतिबद्धता जनाएका छन् । दक्षिण एसिया र अस्ट्रेलियाबाट ९–९, पाकिस्तानबाट ८, सिंगापुरबाट ६, कतार र घानाबाट ५–५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४–४ तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट ३–३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । यीबाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायत देशका लगानीकर्ताले पनि लगानी सम्मेलनको निम्तो स्वीकार गरिसकेका छन् । विश्व बैंक, एडिबीलगायत बहुपक्षीय विकास साझेदारका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुँदै छन् । सम्मेलनमा विदेशी प्रतिनिधिको सहभागीता उत्साहप्रद हुने देखिएको बोर्डका सिइओ भट्टले बताए । 

निजी क्षेत्रका ३१ सहित १५४ परियोजना सोकेसमा 
सरकारले सम्मेलनमा निजीसमेतको गरी एक सय ५४ परियोजना सोकेसमा राख्दै छ । यसमा निजी क्षेत्रका ३१ परियोजना छन् । जसमध्ये २० वटामा लगानीको आशय मागिनेछ । अवधारणापत्र तयार भएका ३० परियोजना सोकेसमा छन् । त्यस्तै, ९ परियोजना पृष्ठपोषणका लागि सोकेस गरिनेछ । सरकार–निजी क्षेत्र (जी टु पी)का लागि १४ परियोजना राखिएका छन् । वित्तीय सहायताका आगि १८ परियोजना राखिएका छन् । अवधारणापत्र बन्दै गरेका ३२ आयोजना पनि सोकेसमा राखिएका छन् । सम्मेलनकै अवसरमा सोकेसमा राखिने केही परियोजनामा लगानीका लागि समझदारी गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । यद्यपी, ती परियोजना सार्वजनिक गरिएको छैन ।