१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिम घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५९:oo

वेस्ट इन्डिज ‘ए’विरुद्धको शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। बिहीबार  नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थपिएका छन्। युवा बलर आकाश चन्द पनि टोलीमा छन्। नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको  ऐतिहासिक पाँच खेलको टी–२० शृंखला वैशाख १५ देखि सुरु हुँदै छ। 

दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ।

नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द छन्।

ad
ad