Skip This
बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरेका छन्।

यसअघि बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। सोहीअनुसार प्रदेशप्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभा बैठक अन्त्य भएको घोषणा गरेका हुन्। 

प्रदेश सभाको अधिवेशन प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको जानकारी दिए। 

चालू हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकार आगामी आव ०८१/८२ को प्रि–बजेट छलफल र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन बर्खे अधिवेशन आह्वान गर्ने तयारीमा लाग्ने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।