१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
दीपक शर्मा सल्यान
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु 

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
Invalid date format १७:२२:oo

सल्यानमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका- ६ वडागाउँका २१ वर्षीय विकास वलीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कुमाख गाउँपालिका- ५ कौछेको एक घरमा विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको थियो। 

कुटपिटबाट घाइते भएका वलीको मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए। 
 
कुटपिटबाट अन्य दुईजना १८ वर्षीय सुशील केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीको जनाएको छ। घाइतेमध्ये मदन भने डिस्चार्ज भइसकेका छन् भने अर्का एकजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिंह कुमाई, १९ वर्षीय हेमन्त थापालगायत ६-७ जना रहेको र उनीहरू फरार छन्। विवादको कारण खुल्न सकेको छैन। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।