१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पाथीभरामा भरियाको प्रमाणीकरण गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१३:oo

ताप्लेजुङको पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएका स्थानीयलाई प्राथमिकतामा राखेर प्रमाणीकरण गरिने भएको छ । पाथीभरा क्षेत्रसँग जोडिएका फुङलिङ नगरपालिका–१० फुरुम्बु, ११ फावाखोला, फक्ताङलुङ गाउँपालिका–३ लिंखिम, ५ तापेथोक र सिरिजंघा गाउँपालिका–३, सिकैचाका स्थानीय भरियाहरूलाई प्राथमिकतामा राखेर प्रमाणीकरण गरिने पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाङबाङले बताए । प्रमाणीकरण भएका जनशक्तिलाई समितिले परिचयपत्र उपलब्ध गराउने र उनीहरूले मात्र भरियाको काम गर्न पाउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ । 

भरियाको सुविधा लिन चाहने तीर्थयात्रीको सहजताका लागि प्रमाणीकरण गरिन लागिएको निर्देशक हाङबाङले बताए । प्रमाणीकरण भएका भरियामार्फत तीर्थयात्रीले सुविधा लिएमा उनीहरूको यात्रा सहज र भरपर्दो हुने निष्कर्षसहित पाथीभरा क्षेत्र विकास समितिको बैठकले भरियाको प्रमाणीकरण गर्नुपर्ने निर्णय गरेको बताइएको छ । पहिलो चरणमा सयजना भरिया प्रमाणीकरण गर्ने निर्णय भएको निर्देशक हाङबाङले बताए । 

पाथीभरा क्षेत्रमा तीर्थयात्रीको भरियाको काम गर्दै आएका तीन सयजनाले आवेदन दिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्ने तीर्थयात्रीको चापका कारण प्रमाणीकरण तत्काल गर्न नसकिएको समितिका कार्यकारी निर्देशक हाङबाङले बताए । पाथीभरा दर्शनको मुख्य सिजन सकिएपछि समितिको कार्यविधिअनुसार भरियाको काम गर्ने जनशक्तिको प्रमाणीकरण गरी परिचयपत्र उपलब्ध गराइने उनको भनाइ छ ।  

भरियाले काफ्लेपाटीदेखि तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा धामसम्म तीर्थयात्रीलाई सेवा दिँदै आएका छन् । उनीहरूले तीर्थयात्रीका सामानदेखि पदयात्रा गर्न (हिँड्न) नसक्ने तीर्थयात्रीलाई बोकेर भरियाको सुविधा दिने गरेका छन् । 

ad
ad