Skip This
लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
रासस भद्रपुर
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

Read Time : < 1 मिनेट
रासस, भद्रपुर
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेकाे छ। भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका– ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

धादिङ जिल्ला खन्याबास गाउँपालिका– ५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन्।