आगलागी घटनाका दोषी २० वर्षपछि पक्राउ

मंगलबार, ११ बैशाख, २०८१
डिजिटल संस्करण

आगलागी घटनामा दोषी ठहर भई सात वर्ष सजाय पाएका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्।

१३ चैत ०६१ मा महोत्तरीको लोहारपट्टी नगरपालिकामा पर्ने खुट्टापिपराढीस्थित १२ घरमा आगो लगाएको कसुरमा अदालतबाट सात वर्षको कैद फैसला भई फरार रहेका लोहारपट्टी नगरपालिका– ४ बस्ने ४० वर्षीय राकेश यादवलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि महोत्तरी जिल्ला अदालत पठाएको छ। 

उनलाई जलेश्वर नगरपालिका– २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जैसवारले बताए। यता जिल्ला अदालत महोत्तरीले हिजो (१० वैशाख) नै उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको छ।

सुझावित समाचार