मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विविध कार्यक्रमका साथ नेजा दिवस मनाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। संघले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा रक्तदान, अन्तर्क्रिया तथा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो।

सन् २००७ अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको पहिलो अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना दिवस अर्थात् ‘नेजा डे’को रूपमा मनाउने निर्णय गरेअनुरूप स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको संघका महासचिव बाबुराम दाहालले जानकारी दिए।

संघले स्थापना दिवसको अवसरमा अप्रिल २० मा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्ससको युलेस सहरमा रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने अप्रिल २२ मा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 2X1, डलास एभरेष्ट लायन्सक्लबसहितका लायन्स क्लबहरूसँगको सहकार्यमा टेक्ससको अर्भिङ सहरमा रहेको जेफर्सन पार्कमा वृक्षरोपण गरिएको थियो।

संघले स्थापना दिवसकै अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरू, आफ्ना संस्थापकहरू, संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरू, पूर्वकार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका सदस्यहरू, गैरआवासीय नेपाली संघका अभियन्ताहरूको सहभागितामा अफ्रिल २१ आइतबार अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ। अन्तर्क्रियामा प्रवासको पत्रकारिता विविध आयाममाथि सहभागीहरूले धारणा राखेका थिए। संघले क्षेत्रगत रूपमा समेत अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, टेक्सस राज्यको युलेस र म्यासाच्युट राज्यको बोस्टनमा स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ। नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था हो।

रचनात्मक ढंगका कार्यक्रम गरी संघको स्थापना दिवस मनाइएको बताउँदै संघका अध्यक्ष सुरज भण्डारीले आगामी दिनमा संघमार्फत अमेरिका र नेपालमा पत्रकारिताको गुणात्मक विकासका लागि  विभिन्न कार्यक्रम सञ्चालन गर्न  लागिएको र सक्रिय पत्रकारका लागि फेलोसिप कार्यक्रम सुरु हुन लागेको बताए। नेपाल पत्रकार महासंघसँगको सहकार्यमा  संघले दुई लाख २२ हजार दुई सय २२ राशिको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।