१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:४६:oo

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजेतिर चिचिला गाउँपालिका–२ छयाङकुटी गोगनेनजिकै प्र.१–०२–००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै नै मृत्यु भएको छ।

मृत्यु हुनेमा चिचिला गाउँपालिका– २ का ३२ वर्षीय दाबा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताए। उनका अनुसार चिचिला–५ देवीटारमा सामान पुर्‍याई खाँदबारी फर्किने क्रममा चिचिला–२ छयाङकुटी गोगनेनजिकै ट्याक्टर ब्रेकफेल भई दुर्घटना भएको हो।

ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परी सहचालक चिचिला–२ का लाक्पा रिञ्जिन शेर्पा सामान्य घाइते भएका छन्।