१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
रासस बरहथवा
Invalid date format १८:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालयबाहिर

Read Time : > 1 मिनेट
रासस, बरहथवा
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

राष्ट्रव्यापी रूपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजारभन्दा बढी विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांकअनुसार तीन हजार सात सय ९७ बालिका र चार हजार चार सय ८० बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर रहेका हुन्।

विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनीलकुमार कुशवाहले जानकारी दिए।

तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो। सबैभन्दा कम पर्सा गाउँपालिकाका बालबालिका विद्यालयबाहिर छन्। बरहथवा नगरपालिकामा पाँचदेखि १२ वर्ष उमेर समूहका तीन सय ६९ जना बालिका र चार सय ६३ जना बालक गरी आठ सय ३२ बालबालिका विद्यालयबाहिर छन्।

यस्तै, सबैभन्दा कम पर्सा गाउँपालिकामा एक सय १५ जना बालिका र एक सय २७ जना बालक गरी दुई सय ४२ जना बालबालिका विद्यालयबाहिर रहेका छन्। समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१, स्थित प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताए। यसरी विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालयमा ल्याइने शिक्षक रायले बताए।

अन्य पालिकामा पनि विद्यालय उमेरका बालबालिका अझै विद्यालयबाहिर रहेको तथ्यांकले देखाएको छ। विशेष गरेर गरिबी तथा चेतनास्तरको कमीका कारण बालबालिकालाई अभिभावकले विद्यालय नपठाउने गरेको पाइएको छ। धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रूपमा जाने गर्दा पनि बालबालिका विद्यालयबाहिर रहने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताए। 

यसरी विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन जिल्लामा यति वेला भर्ना अभियान चलिरहेको छ। विद्यालयका शिक्षक-शिक्षिका व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थितिमा र्‍याली तथा घरदैलो कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। अधिकांश पालिकाले यस वर्ष विद्यालय उमेरका बालबालिकालाई शतप्रतिशत विद्यालय भर्ना गरिने बताएका छन्।