१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन र वन्यजन्तुपीडित जेहेनदार २६  विद्यार्थीलाई छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५९:oo

चितवनका १३ विद्यालयका २६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। वातावरण संरक्षण शिक्षक मञ्च चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रूपमा बरन्डाभार उत्तर पूर्वी क्षेत्रमा वन वन्यजन्तुबाट पीडित तथा जेहेनदार २६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

वातावरण संरक्षण शिक्षक मञ्चका अध्यक्ष भीमलाल आचार्यका अनुसार नगद एक हजार पाँच सय रुपैयाँ विद्यार्थीलाई छात्रवृत्तिस्वरूप प्रदान गरिएको छ। छात्रवृत्ति प्राप्त गर्ने सबै सामुदायिक विद्यालयका विद्यार्थी हुन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा स्थापना भएको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान हुँदै आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहमा छात्रवृत्ति प्रदानपछि विद्यार्थीहरूलाई जिप सफारी पनि गराइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोषका संरक्षण अधिकृत अनिल प्रसाईंले यस्ता कार्यक्रमले विद्यार्थीलाई आर्थिक सहयोगसँगै वन, वन्यजन्तु तथा वातावरण संरक्षणको महत्व र आवश्यकताबारे ज्ञान र धारण बोध गराउने बताएका थिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषको विशेष सहयोगमा ०६० सालमा स्थापना भएको वातावरण संरक्षण शिक्षक मञ्चमार्फत चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र तथा बरन्डाभार वन क्षेत्र आसपासका ५२ वटा विद्यालयमा इको क्लब गठन गरी त्यसको नेतृत्व गरेको छ।

वन्यजन्तु चोरी सिकार तथा वन विनाश र त्यसबाट पर्ने दीर्घकालीन प्रभावका विविध पक्षमा मञ्चले काम गर्दै आएको छ।