मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन परिषदमा डिजिटल ओपनियनको नयाँ अभ्यास

छलफल महाधिवेशन प्रतिनिधिसँग, निर्णय देशभरका कार्यकर्ताको डिजिटल मतबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकलाई प्रविधिमैत्री बनाउँदै ६ वटा प्रतिवेदनमाथिको छलफलपछिको निर्णय भने ‘कार्यकर्ताको डिजिटल ओपनियन पोल’बाट मात्र गर्ने नयाँ घोषणा गरेको छ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सोमबारसम्म हुने परिषद् बैठकमा एमालेले आन्तरिक छलफललाई डिजिटल प्रविधिको भरपूर उपयोगमार्फत बढीभन्दा बढी पारदर्शी, अन्तर्क्रियात्मक मात्रै होइन, प्रतिवेदनहरू देशभरका सबै संगठित सदस्यहरूले हेर्न पाउने गरी उनीहरूको  समेत मत लिएर मात्र निर्णय लिने घोषणा गरेको छ।

एमालेमा अहिले करिब ६ लाख संगठित सदस्य छन्। एप्स डाउनलोड गरेका सबै कार्यकर्ताले परिषद् बैठकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन्। नीतिगत र सांगठनिक मुद्दामा आमकार्यकर्ताको मत लिएर निर्णय लिने अभ्यासका हिसाबले एमालेको यो तयारी सम्भवतः नेपालका राजनीतिक दलहरूका लागि पहिलो र नयाँ अभ्यास हुनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले आधुनिक डिजिटल माध्यमको प्रयोग गरेर ओपनियन पोलमार्फत कार्यकर्ताको भावनासमेत बुझेर परिषद् बैठक निष्कर्षमा पुग्ने जानकारी दिए।

‘हामीले कार्यकर्तालाई आफ्नै मोबाइल एप्सबाट परिषद्का सबै (६ वटा) दस्ताबेज जानकारी गराउँछौँ पनि, पढाउँछौँ पनि । परिषद् बैठकका सम्पूर्ण सूचना पनि त्यहीँबाट प्राप्त गर्न सकिनेछ । व्यक्तिहरूको अभिलेखीकरण, परिचयपत्र एप्सबाटै दिइनेछ,’ पोखरेलले भने, ‘एप्सबाटै ओपिनियन पोल गरेर कार्यकर्ताको भावना के छ भन्ने कुरा आधुनिक डिजिटल माध्यमको प्रयोग गरेर प्रत्यक्ष रूपमा कार्यकर्ताको भावना समेट्छौँ, सम्बोधन गर्छौँ र निष्कर्षमा पुग्छौँ।’